सन् १९४३–४४ः भारतमा खाद्यन्न अभावले ३० लाख मानिसको ज्यान जानेगरी भोकमरीको भयंकर महामारी फैलिएको समयमा १ लाख टन बढी धान नेपालले निर्यात गरेको।त्यतिबेला प्रति मन १०–१२ रूपैयाको दरले ५ लाख भित्र्याएको।
जंग बहादुर राणाको शासनकालमा ’धर्म भकारी’ बनाइएको, जसमा भकारिमा राखीएको बराबरको नयाँ बालीको अन्न भएको खण्डमा मात्र पुरानो अन्न निकाल्ने प्रबन्ध कडाइका साथ लागु गरिएको थियो।
एसियाकै प्रमुख खाद्यन्न बालीको रुपमा रहेको धानबाली नेपालको पनि प्रमुख खाद्यन्न हो भने यसले क्षेत्रफल तथा उत्पादनको आधारमा विश्वमा दोश्रो स्थान ओगटेको छ । एसियामा मानवसभ्यताको विकास क्रम धान खेतीसँग जोडिएको छ ।विश्वमा ६० प्रतिशत भन्दा बढी मानिसको प्रमुख खाद्यन्नबाली धान हो ।विश्वको झण्डै ६० प्रतिशत जनसंख्या बसोबास गर्ने एसियाली क्षेत्रमा करीब ९० प्रतिशत धान उत्पादन तथा खपत हुने गरेको छ ।
क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको प्रमुख खाद्यन्न बाली हो भने गण्डकी प्रदेशको मकै पछिको दोश्रो प्रमुख खाद्यन्नबाली हो ।करीब ७२ प्रतिशत जनशङ्ख्या आश्रित कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा २५.८३ प्रतिशत योगदान रहेको छ भने धानबालीको मात्र कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा २० प्रतिशत तथा कूल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत योगदान रहेकोले धानलाई अर्थतन्त्रको आधारस्तम्भ पनि मानिन्छ।नेपालको कुल ग्राहस्थ उत्पादनमा गण्डकी प्रदेशको हिस्सा ८.३२ प्रतिशत रहेको छ भने गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान २९.८१ प्रतिशत रहेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा१४७३४७४ हेक्टरमा धान खेती गरिएको छ जसबाट ५६ लाख २१ हजार ७ सय १० मे. टन तथा उत्पादकत्व ३.८१ मे. टन प्रति हेक्टर रहेको छ ।नेपालमा कूल खाद्यान्न बालीको उत्पादनमा धानले करिब ५५ प्रतिशत स्थान ओगटेको छ भने कुल अन्न खपतमा चामलको हिस्सा ६७ पुगेको तथ्याङ्क छ ।
गण्डकी प्रदेशको तथ्याङ्कअनुसार गत बर्ष प्रदेशभर करीब१,००,६७२हेक्टरमा धान खेती गरिएको गरिएको थियो।जसमा उत्पादन३ लाख ८२ हजार ५ सय ५३ मे. टन तथा उत्पादकत्व ३.८ मे. टन प्रति हेक्टर रहेको छ । सातवटा प्रदेशमध्ये गण्डकी प्रदेश धानको सबैभन्दा कम क्षेत्रफल तथा उत्पादन हुने प्रदेशमा कर्णाली प्रदेश पछिको दोश्रो स्थानमा पर्दछ ।गण्डकी प्रदेशका एघारवटा जिल्लामध्ये नवलपुरमात्र तराईभुभागमा पर्ने तथा अन्य उच्चपहाडी तथा पहाडी भुभागहरुमा अलैँची, अदुवा, कफी,सुन्तला, स्याउ, जडिबुटी लगायतका बालीहरुको उत्पादन बढी हुने भएकाले पनि यसो हुन गएको हो ।गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक अन्य जिल्लाहरुका सम्भाव्य क्षेत्रहरुमा धान खेती हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतको तथ्याङ्कअनुसार पर्वत जिल्लामा करीब ७२२५ हेक्टरमा धान खेती गरिएको छ जसबाट २० हजार ५ सय २० मे. टन उत्पादन तथा उत्पादकत्व २.८ मे. टन प्रति हेक्टर रहेको छ जुन राष्ट्रिय तथा गण्डकी प्रदेशको उत्पादकत्वको तुलनामा न्यून रहेको छ।धानबाली क्षेत्रफल र उत्पादनका हिसाबले पर्वत जिल्लामा मकै पछिको दोश्रो प्रमुख खाद्यन्नबाली हो ।
पर्वत जिल्लामा उत्पादन भएको २० हजार ५ सय २० मे. टन धानबाट प्रशोधन पश्चात करीब १३ हजार ७ सय ४७ मे. टन चामल प्राप्त हुन्छ ।नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनको जनसंख्यालाई आधार मानी प्रक्षेपण गर्दा हालको पर्वत जिल्लाको जनसंख्या करीब १ लाख ३२ हजार ७ सय ०३ हुन आउँछ। यो जनसंख्यालाई प्रति व्यक्ति प्रति वर्ष खाद्यन्न आवश्यक्ता २०१ कीलो का दरले हिसाब गर्ने हो र चामलमा मात्र निर्भर रहने हो भने कूल चामल आवश्यकता २६ हजार ६ सय ७३ मे. टन पर्दछ ।यसरी उत्पादन र आवश्यकतालाई तुलना गर्दा १२ हजार ९ सय २६ मे टन चामल अपुग देखिन्छ ।नेपालमा प्रतिव्यक्ति चामलको उपभोग १३७.५ किलोग्राम÷वर्षरहेको छ। यदि यही दरमा उपभोग गर्ने हो भने पनि पर्वत जिल्लाका लागि १८ हजार २ सय ४६ मे टन चामल आवश्यकता पर्दछ वा ४ हजार ४ सय ९९ मे टन चामल अपुग रहेको देखिन्छ ।तर अन्य खाद्यन्नबालीहरु जस्तै मकै, गहुँ, कोदो आदिलाई समेत उपभोग गर्ने हो भने पर्वत जिल्लामा खाद्यन्न बचत रहेको तथ्याङ्कले देखाउँछ ।
धान खेती प्रबर्द्धन तथा उत्पादन बृद्धिका लागि कृषि ज्ञान केन्दमार्फत संचालित कार्यक्रमहरुः
बीमाशुल्कमा अनुदान कार्यक्रमः
कृषकहरुले आफूले लगाएको धानखेतीलाई बाढी, पहिरो तथा अन्य प्राकृतिक वा काबु बाहिरको अवस्थाबाट हुन जाने जोखिमलाई हस्तान्तरण गर्न चाहेर बीमा गराएमा नेपाल सरकारले प्रदान गर्दै आएको बीमा प्रिमियममा असि प्रतिशत अनुदानमा थप गरी गण्डकी प्रदेश सरकारले बाँकी बीस प्रतिशत रकम पनि बीमा गरिसकेपछि कृषकलाई उपलब्ध गराउने कार्यक्रम संचालनमा ल्याएको छ ।आफूले लगाएको धानबालीको बीमा गराइ बीमालेख तथा बिमा प्रिमियम तिरेको रसिद कृषि ज्ञान केन्द्रमा पेश गरेमा रकम फिर्ता गरिदिने प्रावधान रहेको छ ।
बाँझो जमिनमा खेतीः
खेतीयोग्य बाँझो जग्गाको उपयोग गरी व्यवसायीक खेतीको प्रवर्धन गर्न बाँझो जग्गामा व्यवसायीक खेती प्रोत्साहन कार्यक्रम संञ्चालन भएको छ। पहिले खेती गरेका तर विविध कारणले कम्तीम तीन विर्ष देखि बाँझो रहन गएका जग्गाभाडामा लिईवा स्वंयम जग्गा धनिले जग्गामा पुन खेति गर्नेतथा हालसम्म खेती नगरिएको तरखेतीयोग्य जमिनको उपयोग बढाउनको लागि यो कार्यक्रम संञ्चालन गरिएको हो।यस कार्यक्रममा व्यक्तिगत रूपमा पनि संलग्न हुन पाउने प्राव्धान रहेको छ।यसआ.ब.मा १६ जना कृषक सहभागि हुनु भएको छ।
साना सिँचाई कार्यक्रम
नेपालको धेरैजसो धान खेती प्रणाली आकाशे पानीको भरमा गर्ने गरिन्छ । समयमा मनसुन को सुरुवात तथा नियमित वर्षा भएको वर्षमा धान उत्पादनमा बृद्धि हुने गरेको छ । विगत देखि नै कृषितर्फका कार्यक्रमहरुमा सिँचाईका कार्यक्रमहरुलाई प्रथमिकतामा राखिँदै आइएको छ ।सिँचाई संरचनाको निर्माण, मर्मत संभार तथा आधुनिक सिँचाई प्रविधिहरुको प्रयोग र विस्तारमार्फत धान खेती हुने क्षेत्रहरुमा सिँचाईको सुविधा सुनिश्चित गर्न तथा उत्पादन र उत्पादकत्व बढाउनका लागि यो कार्यक्रम संचालन भएको हो ।चालु आ.ब. मा कृषक समूह÷सहकारी मार्फत ३५ वटा सिँचाई आयोजना सम्पन्न भएका छन् ।
विशेष बाली प्रवर्द्धन कार्यक्रम
स्थानीय भ–ूबनोट तथा हावापानीको आधारमा स्थान विशेष अनसुार उच्च संम्भावना बोकेका विशेष बालीहरुको उत्पादन र उत्पादकत्व वृद्धि गदै व्यवसायीकरणमा टेवा पुर्याइ खाद्य आत्मानिर्भरता तर्फ उन्मख हनु साथै उत्पादित वस्तुको व्यवस्थित भण्डारण तथा बजारीकरणका लागि यो कार्यक्रम संञ्चालनमा आएको हो।आ.ब. मा कृषक समूह÷सहकारी मार्फत १० वटा समूह÷सहकारी लाभाम्वित हुनु भएको छ।
जिल्लास्तरीय विउविजन कार्यक्रम
गणुस्तरीय बीउ उत्पादन गरी जिल्लास्तरमा बीउ बिजनमा आत्मानिर्भरताका लागि जिल्लास्तर बीउ बिजनआत्मानिर्रभरकार्यक्रम तथा विज वृद्धि सम्बन्धी कार्यक्रम सञ्चाल भएको छ।यो कार्यक्रम मार्फतनिरन्तर पााँच बर्षसम्म खाद्यान बाली, तरकारी बाली, आलु, तेलहन र दलहन वालीकोवीउ उत्पादन कार्यक्रम सञ्चालन हुदै आएको छ।यस आ.ब मा ११ मे.टन पोख्रेली जेठो बुढो धानको विउ उत्पादन भएको छ।
रैथाने बाली संरक्षण
यस कार्यक्रम अन्तर्गत स्थानीय रैथाने जातका धानहरू लाई संरक्षण गरी विज वृद्धि, व्यवसायिक उत्पादन एवंम बजारीकरणमा सहयोग गर्दै आएको छौ।
धान ब्लक कार्यक्रम
चालु आ ब २०७८÷७९ मा पर्वत जिल्लामा ४ वटा धान ब्लक कार्यक्रम संचालित छन् ।
ब्लकको नाम क्षेत्र कृयाकलाप
पैँयुखोला धान ब्लक संचालन समिति पैयु गाउँपालिका–४,६,७ पर्वत यान्त्र÷औजार(मिनिटिलर, पावरटिलर, थ्रेशर
, कुटानीपिसानी , स्प्रेयर, भण्डारण बिन आदि)
कृषि सामग्री (बीउ, मल, विषादी)
सिँचाई (कुलो, पाइप आदि)
कृषकको क्षमता अभिबृद्धि (तालिम)
प्रगतिशील धान ब्लक संचालक समिति पैयु गाउँपालिका–१,२,३ र ४ पर्वत,
प्रधानमन्त्री कृषि आधिनिकिकरण परियोजना,धान ब्लक
संचालन समन्वय समिति फलेवास न.पा–४,६,१० पर्वत
मल्लाज माझफाँट धान ब्लक संचालन समन्वय
समिति जलजला २,३,४,पर्वत
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, बागलुङको धान जोन अन्तर्गतका मूख्य मूख्य कार्यक्रम हरुः
सामुदायिक सिंचाई पूर्वाधार निर्माण सहयोग (ठूला सिंचाई कार्यक्रम)
साना सिंचाई पूर्वाधार निर्माण सहयोग
यन्त्रिकीकरणको लागि कृषि यन्त्र उपकरण (ठूलो थ्रेसर, मल्टि थ्रेसर, पावरटिलर, मिनिटिलर)मा ५०% अनुदान कार्यक्रम
स्थानिय तहको लागत सहभागिता÷समन्वयमा विउ श्रोतकेन्द्र स्थापना सहयोग कार्यक्रम
सहकारी संजाल मर्फत कृषि उपजको वजारिकरण सहयोग कार्यक्रम
भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना सहयोग कार्यक्रम
प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन सहयोग कार्यक्रम
प्याकेजिङ्ग लेभलिङ् तथा पोष्टहार्भेष्ट क्षति न्यूनिकरण कार्यक्रम
मसिनाधान प्रवर्दन कार्यक्रम
स्वदेसी हाइब्रिड धान प्रदर्शनी कार्यक्रम
चैतेधान क्षेत्र विस्तार कार्यक्रम
धान उत्पादनमा सोचेजति उपलब्धि नहुनुका कारणः
पर्वत जिल्ला पहाडी जिल्ला भएकाले धान खेतीका लागि अन्य तराईका जिल्लाहरुको तुलनामा भौगोलिक सम्भाव्यता नै न्यून रहेकाले धान भन्दा पनि अन्य कृषिवस्तु क्षेत्रमा आबद्ध कृषकहरुको बाहुल्यता रहेको छ ।धान खेतीका लागि उपयुक्त धेरैजसो जमिन पनि घडेरीमा परिणत हुने वा जग्गाको खण्डीकरणले गर्दा पनि धानखेतीका लागि क्षेत्र विस्तारमा समस्या परेको छ ।धान उत्पादन व्यवसायिक रुपमा नभई पारिवारिक उपभोगका लागि मात्र गर्ने गरेको र व्यवसायिकताका लागि तरकारी, फलफूल तथा अन्य मसलाबाली उत्पादन तर्फ आकर्षण रहेको ।वर्षैभरी सिँचित हुने क्षेत्रफल असाध्यै न्युन रहेको र सिँचाई सुविधा पुगेका ठाउँहरुमा पनि हिउँदको समयमा मुहान सुक्ने भएकाले चैते धान विस्तार हुन नसकेको ।धानखेतीका लागि आवश्यक रसायनिक मलखादको उपलब्धतामा ढिलाई भएको खण्डमा पनि उत्पादनमा सोँचेजस्तो सफलता हासिल गर्न नसकिएको हो ।त्यसैगरी जलवायु परिवर्तन र मौसमी भिन्नताले हुने वर्षा तथा बाढी, पहिरो, खडेरी जस्ता कारणले पनि प्रत्येक वर्ष धान खेती प्रणालीमा क्षति पुर्याउदै आएको छ ।विगतको तुलनामा धानखेतीमा विभिन्न किसिमका रोगकीराको प्रकोप पनि बढ्दै गइरहेको छ ।
अबका हाम्रा प्राथमिकता
नेपालमा विभिन्न चाडपर्व, रितिरिवाज, संस्कार तथा सामाजिक—सांस्कृतिक जिवनका विविध पक्षहरु प्रत्यक्ष गासिएको खाद्यबालीहरु मध्ये सवैभन्दा महत्वपूर्ण खाद्य बाली धानको संरक्षण गर्नु, बीउका विभिन्न प्रजातिहरुको विकासगर्नु आजको आवश्यकता हो ।
चामल मात्र नभएर बीउ उत्पादन तर्फ ध्यान नदिने हो भने बीउमा समेत परनिर्भर भई ठूलो व्यापार घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।त्यसैले धान बीउ उत्पादन गर्ने कृषकहरुलाई बीउ उत्पादन सम्बन्धी क्षमता अभिबृद्धि तथा आवश्यक प्राविधिक सहयोग गर्ने । त्यसैगरी कोरोना महामारीका कारण वैदेशिक रोजगार वा देशभित्र नै रोजगार गुमाएका तथा गाउँ फर्केका युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम तर्जुमा गरी लागू गर्ने । बीउको क्षेत्रमा ज्ञान तथा अनुभव भएका कृषकवर्गहरुको यस क्षेत्रमा थप क्षमता अभिबृद्धि गरी बीउ उत्पादनतर्फ आकर्षित गर्दै बीउमा आत्मनिर्भर्ता उन्मुख हुने ।
भोगोलिक सम्भाव्यता तथा व्यवसायिकता लागि श्रोतसाधनको उपलब्धताको आधारमा चैते धान खेती विस्तार कार्यक्रम संचालन गर्ने ।
धान खेतीका लागि आवश्यक सामग्रीमा गुणस्तरीय बीउ,समयमा आवश्यक मलखादको उपलब्धता तथा सिँचाईको सुविधा नै प्रमुख भएकाले यी सबैको सुनिश्चितताका लागि आवश्यक सहकार्य, नीतिगत व्यवस्था तथा बजेटको विनियोजनका लागि आवश्यक पहल गर्ने ।
पर्वत जिल्लामा धानबालीका विभिन्न रैथाने जातहरुको पनि खेती गरिने प्रचलन रहेकाले स्थानीय जातहरुको सम्बर्द्धनात्मक तथा प्रबर्द्धनात्मक कृयाकलापहरु संचालन गर्ने ।
खाद्य सुरक्षा एवम् पोषणको अवस्थामा सुधारको लागि बढी उत्पादन दिने तथा जलवायु परिवर्तन सापेक्ष धानको जातीय तथा प्रविधि विकास र प्रसार एवं कृषि यान्त्रीकरण आजको प्रमुख आवश्यकता हो । त्यसैले चामलको आयात न्यूनीकरण गर्न आगामी दिनमा उत्पादन वृद्धिका लागि उन्नत तथा पछिल्ला नविन प्रविधिहरुको अनुसरण गरी उत्पादकत्व वृद्धि गर्नु अपरिहार्य भएको छ भने बढ्दो श्रम लागतलाई न्यूनीकरण गरी कृषकहरुलाई धान खेतीमा दिगो रुपमा आवद्ध गराई राख्न यान्त्रिकीकरणको प्रयोगमा जोड दिने खालका कार्यक्रमहरु अघि सारिने छ ।
धान दिवशको शुभकामना
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्न नेपालमा हरेक वर्ष असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा रहेको छ ।त्यसै अनुरूप असार १५ लाई रोपाई महोत्सव वा मानो रोपेर मुरी फलाउने दिनका रूपमा मनाउँदै देशभरका अधिकांस स्थानमा जस्तै पर्वत जिल्लामा पनि रोपाई गरी धान दिवस मनइँदै छ।यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन चल्दै आएको छ धानको उत्पादन वृद्धि गरी यस बालीलाई राष्ट्रिय समृद्धि हासिलका लागि सहयोगी क्षेत्रको रुपमा स्थापित गर्न सम्पूर्ण सरोकारवालाहरु एकजुट होऔं, हातेमालो गरौं भन्ने अपिल गर्दै ×धान बालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग× भन्ने मूल नाराका साथ जिल्लाभर १९ औँ राष्ट्रिय धान दिवशको सम्पूर्णमा शुभकामना।
कृषि ज्ञानकेन्द्र पर्वतको सहयोगमा ।