बैशाख २९,पोखरा – । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सडकमा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, सोमबार बिहान दुर्घटना भएको हो ।ग.२ ख २१३९ नम्बरको बसले ग.१६ प ६१६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।
सो दुर्घटनामा परेर मोटरसाइकल चालक पर्साको वीरगञ्ज घर भएका २० वर्षीय अपताप सलमानको घटनास्थलमै मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।