साउन २९, पोखरा – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड पोखरा शाखाद्वारा संस्थामा आवद्ध महिला सदस्यको आयवृद्धिको लागि धुपवत्ती वनाउने तालिम विहिवार आयोजना भएको छ । शाखामा आवद्ध ६० जना सदस्यहरुको सहभागिता रहेको उक्त तालिमको संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ” रेशम रामदाश” ले एक समारोहका विच शुभारम्भ गर्नु भयो ।
तालिम शुभारम्भ समराोहमा वोल्दै संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले २८ वर्ष पहिले आँफूले लघुवित्त सेवा शुरुवात गर्दा महिला तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्था अत्यन्त कष्ठप्रद रहेको भन्दै वर्तमानसम्म आई पुग्दा महिलाहरुको आर्थिक हैसियत सवल भएको वताउनु भयो । तालिमको माध्यमवाट चेतना विकास, वचतको रुपमा ससानो रकमको संलकन, विना धितो कर्जा दिई व्यवसायिक प्रवद्र्धन, कर्जा लिएका सदस्यको मृत्यूमा कर्जा मिनाह जस्ता व्यवस्थाले महिलाहरुको आर्थिक स्थितीमा सुधार भएता पनि पछिल्लो समयमा सदस्यमा अनुशासनको कमी, आचारण र संस्कारमा ह्रास आएको कारण थप प्रगतिमा अवरोध आएको उहाँको भनाई थियो । विगतमा आयआर्जनको लागि केन्द्रित अभियान हाल आएर महिला दिदी वहिनीहरुको अध्यात्मिक चिन्तन, वैदिक सनातनी संस्कार, विज्ञानसंवत सीप दक्षता विकासमा केन्द्रित गर्न पहल गरेको भन्दै संस्थापक अध्यक्ष प्रसाईले यस किसिमको तालिमले सदस्यको सीप विकास मात्र होईन, आयवृद्धिमा समेत टेवा पुग्ने वताउनु भयो ।
तालिम कार्यक्रममा संस्थाको विरौटा शाखाका शाखा प्रवन्धक लक्ष्मी गाहाले तालिममा सिकेको कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनु भयो । तालिम कार्यक्रम प्रशिक्षक लक्ष्मी शर्मा लगायतले आफ्नो धारण राख्नु भएको थियो । तालिम श्भारम्भ कार्यक्रम शाखा प्रवन्धक संगिता राना मगरको अध्यक्षता, राममायाँ लामिछानेको संस्थागत प्रतिज्ञा, केन्द्र प्रवन्धक सुजिता दर्जीको स्वागत एवम् केन्द्र प्रवन्धक पुष्पा प्रसाईको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी मितेश हमालद्वारा प्रेसित समाचारमा जनाइएको छ ।