आइतवार, कार्तिक ९, २०८३
Sunday, October 25, 2026
Home Featured News आज दशैँको अन्तिम दिन : राति जाग्राम बसेर समापन गरिँदै

आज दशैँको अन्तिम दिन : राति जाग्राम बसेर समापन गरिँदै

by sambridhaonline

कार्तिक ८,पोखरा – दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ । असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुकापछि सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार विजयादशमीको दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ । असोज २५ गते कोत तथा दशैँ घर अनि घरघरमा घटस्थापना गरि राखिएको जमरालाई आज नजिकको पवित्र स्थल, नदी, तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिने समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई बताउनुहुन्छ ।

नवरात्र विजयादशमी कै दिन सकिने भएपनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । कात्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने भोलि सोमबारदेखि शुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । आकाश दीपदान पनि भोलि बेलुकादेखि नै शुरु गरिँदैछ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline