शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको ज्यान गयो

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको ज्यान गयो

by sambridhaonline

कार्तिक ५, पोखरा – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान–८ का ६२ वर्षीय देवीराम आचार्य र उहाँका २३ वर्षीय छोरा विवेक आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभयो ।

हिजो दशैँको टीका लगाउन ढाकाबाङ ससुरालीतर्फ गएका बाबुछोराको दुर्घटनामा ज्यान गएको हो । रातिसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा आज बिहान सडकबाट तल जंगलमा मोटरसाइकल दुर्घटना भएको र ज्यान गएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline