कार्तिक १८, पाेखरा – प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीको जिम्मेवारी खोसिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्ले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त हुनुभएकाे छ ।
२०८२ कात्तिक २४ गते आईजीपी बनेका कार्कीले करिब १ वर्ष प्रहरीको नेतृत्व गर्नुभयाे । करिब १७ महिना कार्यकाल बाँकी हुँदै सरकारले उहाँको जिम्मेवारी खोसेको हो। जिम्मेवारी नखोसिएको भए कार्की ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जादै हुनुहुन्थ्याे । गत वर्ष आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उहाँका ब्याचमेट डा. मनोज कुमार केसी पनि हुनुहुन्थ्याे । कार्की २०५४ चैत १८ मा प्रहरी निरीक्षक(इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गर्नुभयाे ।
जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उहाँलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो। चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर उनी भदौ २४ गते उपत्यका प्रहरी कार्यालयमा हाजिर हुनुभएकाे थियाे।