बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

by sambridhaonline

भदौ ११ , पोखरा – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म १६२ जनाको ज्यान गएको पुष्टी भएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९ र नवलपरासीमा २८ जनाको शव फेला परेको हो ।

बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण झण्डै एकहजार जना सम्पर्कविहीन छन् । बाढीमा सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्रका १३ कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै विभिन्न जलविद्युत आयोजनाका १०६ कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका १९ कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी ४८४ जना सम्पर्कविहीन छन् । व्यक्तिगत रूपमा गोसाईँकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन् ।

रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक–सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन् । टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन । परिवार, आफन्त र साथीभाइहरुले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline