बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home अर्थवाणिज्य डलर हालसम्मकै महंगो

डलर हालसम्मकै महंगो

एक डलरलाई एक सय २६ रूपैयाँ बढी

by sambridhaonline

बुधबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ।

बुधबार एक डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको हो।

डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ। अथात् भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर।

मंगलबार भारतीय बजारमा एक डलरको लागि ७८.८३ भारु सम्ममा कारोबार भइरहेको थियो। भारतीय मुद्रा पनि हालसम्मकै कमजोर भएको हो।

पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारु कमजोर भइरहेको हो। त्यहाँ कतिपयले एक डलरको लागि ७९.५० भारसम्म तिर्नुपर्ने अवस्था आउन लागेको प्रक्षेपण गरिरहेका छन्। त्यहाँको सेयरबजारमा सोमबार मात्रै संस्थागत वैदेशीक लगानीकर्ताहरूले १२ अर्ब ७८ करोड बराबरका सेयर बिक्री गरेका छन्।

केही दिनदेखि यस्ता लगानीकर्ताहरूले त्यहाँ सेयर बिक्री बढाएका छन्। गत बिहीबार मात्रै यस्ता लगानीकर्ताहरूले २३ अर्ब १९ करोड रूपैयाँ बराबर सेयर बिक्री गरेको सञ्चारमाध्महरूले उल्लेख गरेका छन्।

यसरी रकम बाहिरीन थालेसँगै भारु थप दबाबमा देखिएको हो। भारुसँगै नेपाली मुद्रा पनि अवमूल्यन भइरहेकोले यहाँ पनि आयातको लागि बढी खर्चिनु पर्ने अवस्था आउनेछ।

नेपाली बजारका उपभोक्ताले मूल्य वृद्धिको थप मार खेप्नुपर्ने हुन्छ। वैदेशीक रोजगारीमा गएकाहरुले भने पठाउने विदेशी मुद्रामा बढी भाउ पाउँनेछन्। यसले केही भएपनि रेमिटेन्स वृद्धिमा सहयोग पुग्न भने सक्छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline