शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News आज हरिबोधिनी एकादशी, तुलसी–दामोदरको विवाह गरिँदै

आज हरिबोधिनी एकादशी, तुलसी–दामोदरको विवाह गरिँदै

by sambridhaonline


मंसिर ४, पाेखरा –
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग विधिपूर्वक विवाह गराउने वैदिक सनातनी परम्परा छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधिमा विष्णुभक्तले तुलसीको व्रत तथा विशेष पूजा आराधना गर्ने परम्परा छ । भगवान् विष्णु शयनमा रहने भएकाले विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने धार्मिक मान्यता छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीसँग दामोदरको विवाह गरिन्छ । तुलसी भगवान् विष्णुलाई प्रिय भएकाले तुलसी विवाहको परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन् । धार्मिक मान्यतासँगै तुलसीलाई औषधीय गुणयुक्त वनस्पतिका रूपमा पनि लिइन्छ । तुलसीको पात, डाँठ र फूल परम्परागत रूपमा रुघाखोकीलगायत समस्यामा प्रयोग हुँदै आएको छ । तुलसीको मठ भएको घरलाई पवित्र मान्ने र यसको पूजा आराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline