शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News एनपीएलको उपाधिका लागि आज साँझ लुम्बिनी र सुदूरपश्चिम खेल्दै

एनपीएलको उपाधिका लागि आज साँझ लुम्बिनी र सुदूरपश्चिम खेल्दै

by sambridhaonline

मंसिर ५, पोखरा – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । यसअघि दोस्रो संस्करणमा पनि सुदूरपश्चिम र लुम्बिनीले फाइनल खेलेका थिए । अघिल्लो पटक सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो उपाधि जितेको थियो । लुम्बिनीलाई लगातार दोस्रोपटक एनपीएलको उपाधि जित्ने मौका छ ।

त्यस्तै लगातार तेस्रो पटक फाइनल खेल्न लागेको सुदूरपश्चिमका लागि पहिलो पटक उपाधि जित्ने अवसर छ । अस्ति बिहीबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै लिग चरणको पहिलो खेलमा पनि सुदूरपश्चिमले लुम्बिनीसँग ७ विकेटको हार बेहोरेको थियो । लगातार तेस्रोपटक फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो । सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा ५ विकेटले पराजित भएको थियो ।

तेस्रो संस्करणको उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत पुरस्कारको प्रतिस्पर्धा पनि रोचक बनेको छ । सर्वोत्कृष्ट नेपाली खेलाडीले कार तथा उदीयमान खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । गएको कात्तिक ९ गतेदेखि शुरु भएको एनपीएलको तेस्रो संस्करण आज सकिंदैछ । यो संस्करणमा अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने प्रविधि अर्थात् डीआरएसको प्रयोग अनि आईसीसीबाट प्राप्त मान्यता महत्वपूर्ण र चर्चाका विषय बनेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline