शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News एनपीएलको भव्य समापन, त्रिवि रङ्गशालामा आतिशबाजी, तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो

एनपीएलको भव्य समापन, त्रिवि रङ्गशालामा आतिशबाजी, तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो

by sambridhaonline

मंसिर ५,पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज भव्य समापन भएको छ । यो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । उसले फाइनलमा साविकको विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा लुम्बिनीलाई हराउँदै च्याम्पियन बनेको सुदूरपश्चिमले पहिलोपटक उपाधि उचाल्यो ।

यसअघिका दुई संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो । पहिलो र दोस्रो संस्करणको एनपीएलमा फाइनलमा पुग्दै उपविजेतामा सिमित सुदूरपश्चिमले यसपटक भने नयाँ इतिहास बनाएको छ । सुदूरले उपाधि जितसँगै गएको कात्तिक ९ गतेदेखि शुरु भएको तेस्रो संस्करण सकिएको हो । लुम्बिनीले प्रतियोगिताको शुरुआतदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो । तर लगातार दोस्रो पटक उपाधि जित्ने लुम्बिनीको प्रयास सफल हुन सकेन ।

सुदूरपश्चिमको जितका जर्ज मन्सीले अविजित १२५ रनको पारी खेले । मन्सीलाई साथ दिएका विनोद भण्डारीले पनि अविजित ३० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए । एनपीएलको तेस्रो संस्करणमा अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने प्रविधि अर्थात् डीआरएस अनि आईसीसीबाट प्राप्त मान्यता महत्वपूर्ण र चर्चाका विषय बने ।

यसपटक विदेशी खेलाडीहरु डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेललगायतको सहभागिता एनपीएललाई विशेष बनाउन महत्वपूर्ण रह्यो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline