सोमवार, कार्तिक २५, २०८२
Monday, November 10, 2025
Home अर्थवाणिज्य रिलायन्स स्पिनिङले आइपिओ जारी गर्न पायो अनुमति

रिलायन्स स्पिनिङले आइपिओ जारी गर्न पायो अनुमति

by sambridhaonline

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भएको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारण लगानीकर्तालाई साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ।

कम्पनीले बुधबार धितोपत्र बोर्डबाट सेयर निष्कासन गर्ने अनुमति पाएको हो।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्नेछ। न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्ने भएकोले कम्पनीको सेयर भर्न लगानीकर्ताले ४१ हजार ४० रूपैयाँ खर्च गर्नु पर्नेछ।

मूल्य निर्धारणको लागि कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेको थियो।

योग्य संस्थागत लगानीकर्ताले बोलकबोलबाट हालेको मूल्य अनुसार कम्पनीको सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रूपैयाँ निस्किएको थियो।

यसरी निस्किएको मूल्यमा १० प्रतिशतले घटेर सर्वसाधारणको लागि सेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline