शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home अर्थवाणिज्य दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट

by sambridhaonline

८ असार, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ हात पारेका छन् । थप ९ जना आवेदकले भने थप एक कित्ता गरी ११ कित्ता सेयर पाए ।

कम्पनीले २६ जेठदेखि आईपीओ निष्काशन गरेको थियो । आईपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो । जसमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ६५ हजार ८६५ कित्ता अर्थात ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरु, एक लाख ९ हजार ७७५ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline