साउन ३० , पोखरा – स्वार्थ भन्दा माथि सेवा भन्ने मुल आर्दश वोकेको अन्तर्राष्ट्रिय सेवामुलक संस्था रोटरी इन्टरनेशनल अन्र्तगत सन २०१० मा स्थापना भएको रोटरी क्लव अफ पर्वतको १७औं पदस्थापना समारोह शनिवार कुश्मावजारमा सम्पन्न भएको छ । सामाजिक अभियान्त विश्व प्रकाश प्रसाई “रेशम रामदाश” को नेतृत्वदायी पहलमा २९ जना स्वयम्सेवी सामाजिक व्यक्तिहरुद्वारा रोटरी क्लव अफ पर्वत स्थापना भएको हो । क्लवलाई रोटरी क्लव अफ पोखरा मिडटाउनले सौजन्य गरेको थियो । क्लवले विगत १६ वर्ष देखि पर्वत, कास्की लगायतको जिल्लामा शिक्षा, स्वास्थ्य एवम् मानवीय सेवाका कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको छ ।
पदस्थापना समारोहमा वर्ष २०२५/२६ का अध्यक्ष रोटरीयन लक्ष्मी कुमारी मेधासी प्रसाईले आफ्नो कार्यकालका गतिविधीहरुलाई प्रस्तुत गर्दै कार्यकाल सफल वनाउन योगदान गर्नुहुने निवर्तमान डिष्ट्रिक गभर्नर विनोद कोईराला, एजि भवनराज वराल, नेष्डो समृद्धका सिईओ अशोक आचार्य लगायत संस्था परिवारलाई सम्मान गर्नु भयो । निवर्तमान अध्यक्ष मेधासीले क्लवका पुर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको साथै सहकार्य गर्ने संघसंस्थाका प्रमुख तथा प्रतिनिधीज्यूहरुलाई मायाँको चिनोको प्रदान गर्दैै आँफू महिला हुनुको साथै पोखरा वसाई भएकोले अपेक्षित कार्य गर्न नसके पनि जे गरियो, त्यसमा सन्तुष्ट रहेको वताउनु भयो । कार्यक्रममा पद तथा जिम्मेवारी ग्रहण पश्चात स्वीकारोक्ती मन्तव्य व्यक्त गर्दै वर्तमान अध्यक्ष डाँसीराम अधिकारीले ससाना धेरै भन्दा थोरै तर दिर्घकालिन प्रभावको कार्यक्रममा क्लवले जोड दिने वताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै निवर्तमान डिष्ट्रिक गर्भनर रोटरीयन विनोद कोईरालाले विश्वभर रोटरीले हरेक सेकेण्ड हजारौंको मानवीय सेवा गरीरहेको भन्दै अव आफ्ना सेवालाई दिगो र प्रभावकारी वनाउन जोड दिनुपर्ने वताउनु भयो । रोटरीको प्रमुख पहिचान मित्रता भएकोले वैठकहरुलाई नियमित र व्यवस्थित गर्नुपर्ने भन्दै सफलता पुर्वक कार्यकाल पुरा गर्नु भएकोमा लक्ष्मी मेधासीलाई वधाई दिंदैं वर्तमान अध्यक्ष अधिकारीलाई सफल कार्यकालको शुभकामना प्रदान गर्नु भयो ।
कार्यक्रममा जोन २१ का असिस्टेन्ट गर्भनर रोटरीयन टुपराज वाँस्तोलाले डिष्ट्रिक गनर्भरको तर्फवाट शुभकामना सुनाउदै क्लवको हरेक कार्यमा आफ्नो साथ रहने वताउनु भयो । रोटरी क्लव अफ पर्वतको संस्थापक अध्यक्ष रोटरीयन विश्व प्रकाश प्रसाईले क्लव स्थापना गर्दा देखि नै जीवनभर रोटरीमा रहने वाचा गरेको भन्दै रोटरी पाउनको लागि होईन, समाजको लागि दिन वन्ने वताउनु भयो । आफ्नो पसिनाको केही अंशवाट सामाजिक सेवा गर्ने भएकोले अपेक्षित कार्यहरु गर्न नसकिएता पनि जे गरियो, त्यसमा गौरव गर्नुपर्ने उहाँको भनाई थियो । भगवानको कृपा विना हामीले चाहेर केही गर्न नसकिने भन्दै अपेक्षा परिपुर्तिको लागि सोचाई र कर्म दुवै सकात्मक हुनुपर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा छिमेकी क्लवको तर्फवाट रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष रोटरीयन संगिता तिमिल्सिना, सम्मानित व्यक्तित्व विकास तिमिल्सिना, क्लवको पुर्व अध्यक्षहरु शिव शर्मा पौडल, उत्तम प्रसाद अधिकारी, प्रेम प्रसाद पौडेल, विजय चापागाई लगायतले रोटरी र संस्थाको सामाजिक योगदानको विविध पक्षहरुको वारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा विगत एक दशक देखि संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको स्वर्गिय पिता शैक्षिक तथा सामाजिक व्यक्तित्व टिका वहादुर प्रसाईको स्मृतिमा स्थापित अमर टीका फाउण्डेशन नेपालको सौजन्यमा दिंदै आईएको “रोटरी व्यवसायिक सम्मान” यस वर्ष मोदी गाँउपालिका वडा नं.२ देउपुर निवासी विकास तिमिल्सिनालाई प्रदान गरियो । तिमिल्सिनाले टाउट माछा पालनको साथै कृषि पशु व्यवसायवाट रोजगारीको सृजना, स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्दै आउनु भएको छ । यसै विच क्लवका पुर्व अध्यक्ष शिव शर्मा पौडेल तथा रोट्याक्ट क्लव अफ पर्वत–पोखराका संस्थापक अध्यक्ष सुदिप प्रसाईको शुभजन्मोत्सवको अवसरमा स्थानीय मिना कुमालका दुई सन्तानलाई नगद तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ । शर्माले झोला सहित स्टेशनरी तथा प्रसाईले नगद रु ६ हजार सहयोग गर्नु भएको हो । रोटरी क्लव अफ पर्वतको १७औं पदस्थापना समारोह क्लवका अध्यक्ष डाँसीराम अधिकारीको अध्यक्षता, क्लवका आगामी अध्यक्ष नेत्र पौडेलको स्वागत एवम् सचिव धनराज वि.पौडेलको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी, रोट्याक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष रोशनी वुढाथोकीद्वारा प्रेषित समाचारमा जनाइएको छ ।