बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News नेपालमा १६८ प्रजातिका लामखुट्टे , जलवायु परिवर्तनसँगै बढ्यो लामखुट्टेबाट हुने रोगको जोखिम

नेपालमा १६८ प्रजातिका लामखुट्टे , जलवायु परिवर्तनसँगै बढ्यो लामखुट्टेबाट हुने रोगको जोखिम

by sambridhaonline

भदौ ४ , पोखरा – ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस नेपालमा विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेंगी, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्छन् ।

नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए । पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम उच्च हुँदै गएको छ । विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ । कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline