बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News पोखरामा शव व्यवस्थापनमा सकस : डीएनए नमुना सङ्कलन र पहिचानको काम जारी

पोखरामा शव व्यवस्थापनमा सकस : डीएनए नमुना सङ्कलन र पहिचानको काम जारी

by sambridhaonline

भदौ १२ , पोखरा – रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये १०२ वटा शव कास्की ल्याइएको छ।

तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। कास्कीमा ८८ वटा शव मात्रै व्यवस्थापन गर्न सक्ने क्षमता रहेको र केही शव पहिले नै भएकाले थप व्यवस्थापनमा कठिन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताउनुभयो । ‘हाल सङ्कलन भएका शवहरूमध्ये कतिपय पूर्ण शरीर नभई अङ्गहरू मात्र रहेको र कतिपय साना बालबालिकाका शव भएका कारण तिनीहरूलाई सानो बक्समा राखेर हालसम्म व्यवस्थापन मिलाइएको छ,’ गुरुङले भन्नुभयो , ‘अब व्यवस्थापन गर्न समस्या हुन्छ।’

मौजुदा क्षमता भरिएकाले तत्काल थप शव राख्न सक्ने अवस्था नरहेको गुरुङको भनाइ छ। हाल भएका शवहरूलाई क्रमशः हस्तान्तरण वा व्यवस्थापन गरेपछि मात्र नयाँ शव स्वीकार गर्न सकिने स्थिति रहेको उहाले सुनाउनुभयो । सङ्कलन गरिएका शवहरूको पहिचानका लागि प्रक्रिया सुरु भइसकेको छ। शवहरूको फोटो खिचेर पहिचानका लागि राख्ने र आफन्तले चिन्ने अवस्था बने जिम्मा लगाइने जानकारी गुरुङले दिनुभयो ।

यसबाहेक शवहरूको डीएनए परीक्षणका लागि नमुना सङ्कलन भइसकेको छ। लामो समयसम्म पनि पहिचान हुन नसकेका वा दाबी गर्न कोही नआएका शवहरूलाई शव व्यवस्थापन कार्यविधि अनुसार अन्तिम संस्कार गरिने तयारी छ। जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठन भएको शव व्यवस्थापन समितिले आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थापन गर्ने जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline