बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु

पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु

by sambridhaonline

भदौ १३ , पोखरा – कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीको मृत्यु भएको हो । शुक्रबार साँझ ग १३ प २८५९ नम्बरको स्कुटरमा उनीहरू बिरौटादेखी पृथ्वीचोक तर्फ आउँदै थिए । स्कुटरलाई सडकमा साइड लगाइ झर्ने क्रममा बालिका रानीलाई भेलले एक्कासि बगाएर नालीमा पुर्‍याएको थियो ।

बरालले भन्नुभयो , ‘बालिकालाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । सो क्रममा भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको थियो ।’ पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएका थियो । उपचारका क्रममा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको उहाले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline