बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home अर्थवाणिज्य सरकारी निकायको पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाइने

सरकारी निकायको पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाइने

by sambridhaonline

७ असार, काठमाडौं । सरकारी निकायको पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाइने भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले भने, ‘सरकारी निकायमा हुने पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाउने नीति लिइएको छ ।’

अन्र्तराष्ट्रिय बजारमा निरन्तर बढिरहेकाकारण नेपालमा पनि मुल्य समायोजन गरिएको र नेपालमा पनि पेट्रोलियम पर्दाथको मुल्य बढेको मन्त्री बडुले बताए । रुस–युक्रेन युद्धका कारण अन्र्तराष्ट्रिय बजारमै पेट्रोलियम पर्दाथको मुल्य बढिरहेको उनको भनाइ छ ।

संसदमा सांसदहरुले पेट्रोलियम पर्दाथको मुल्य बृद्धिको कारण माग गरेपछि सभामुखले मंगलबार सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए । सभामुखको रुलिङ अनुसार मन्त्री बडुले जवाफ दिँदै अन्र्तराष्ट्रिय बजारलाई देखाएका हुन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline