बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home अर्थवाणिज्य नेप्सेमा ३७ अंकको सुधार, १ अर्ब २३ करोडको कारोबार

नेप्सेमा ३७ अंकको सुधार, १ अर्ब २३ करोडको कारोबार

by sambridhaonline

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३७ अंकमाथिको सुधार भएको छ । अघिल्लो दिन ५० अंकमाथिले घटेर १८ सयको रेञ्जमा झरिसकेको नेप्सेमा आज ३७.४९ अंकको वृद्धि हुँदै १९२२.३० अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.१८ अंकले बढ्दै ३७४.३७ अंकमा पुगेको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी विकास बैंक समूहको ३.८९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.२९ प्रतिशतले र म्युचुअल फन्ड ३.०९ प्रतिशतले बढेको छ ।

यस्तै, ट्रेडिङ समूहको उपसूचक २.९९ प्रतिशतले, हाइड्रोपावर समूह २.७७ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.३४ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.१७ प्रतिशतले, जीवन बीमा समूह २.२९ प्रतिशतले र होटल तथा पर्यटन समूह २.२२ प्रतिशतले बढेको छ ।

अन्य उपसूचकहरु २ प्रतिशत भन्दा कमले बढेका छन् । ३७ अंकमाथिले बढेको बजारमा आज कारोबार भने १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline