बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक सय नाघ्यो, आपतकालीन अवस्था घोषणा

कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक सय नाघ्यो, आपतकालीन अवस्था घोषणा

by sambridhaonline

साउन २६ , पोखरा – कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परी कम्तिमा एक सय ११ जनाको ज्यान गएको छ । भत्किएका भवनहरू मुनि अझै धेरै फसेको आशंका गरिएकोले ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प ७.४ म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रेकर्ड भएको छ । ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फसेकाको उद्धारका लागि खटिएका छन् । कोलम्बियाको चोको प्रान्तका गभर्नरले प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति पुगेको सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । पश्चिमी कोलम्बियाका छ वटा साना विमानस्थलले सञ्चालन स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ । अहिले त्यहाँ आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline