बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News नागढुंगा सुरुङमार्ग आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि खुला

नागढुंगा सुरुङमार्ग आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि खुला

by sambridhaonline

भदाैँ ८ , पाेखरा – नागढुंगा सुरुङमार्गमा आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि पनि आवागमन खुला गरिएको छ ।

यसअघि आपतकालीन गाडीका लागि मात्र खुला रहेको सुरुङमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कार, जिप र भ्यानलाई परीक्षणका रूपमा चल्न दिइएको हो ।

सुरुङमार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । गुर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ ।

सुरुङभित्र अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । सुरुङभित्र ओभरटेक गर्न र गाडी रोक्न पाइने छैन । पैदलयात्री, दुईपाङ्ग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका गाडीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।

झण्डै २९ अर्ब रुपैयाँको लागतमा निर्मित २ दशमलव ६८ किलोमिटर लामो मुख्य सुरुङको गएको साउन ११ गते उद्घाटन गरिएको थियो । एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अन्य गाडीलाई पनि क्रमशः प्रवेश दिइने तयारी छ ।

नियमित सञ्चालनमा आएपछि भने गाडीको प्रकारअनुसार निश्चित शुल्क तोकिनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline