बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति

बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति

by sambridhaonline

भदौ ७ , पोखरा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ ।

गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबाआमासँग सरकारले तीनबुँदे सहमति गरेको हो । गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो ।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ ।

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ । अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

पीडित परिवारका तर्फबाट बुवा–आमाले हस्ताक्षर गर्नुभएको छ । सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

गएको साउन ३१ मा बेपत्ता भएकी ती बालिकाको भदौ २ गते शव भेटिएको थियो । त्यसपछि पीडित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए । सरकारसँग वार्ताका लागि हिजो टोली बाराबाट काठमाण्डौ आएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline