बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , १७ जना घाइते

स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , १७ जना घाइते

by sambridhaonline

भदाै ९ , पाेखरा – स्याङ्जाको गल्याङ नगरपालिका ८ करादीमा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । गल्याङबाट वडा नम्बर ९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जीप उकालो घुम्तीमा नियन्त्रण गुमाएर सडकबाट खसेको हो ।

दुर्घटनामा गल्याङ ८ की २५ वर्षकी निशा पचभैया र गल्याङ ९ का ६० वर्षका यमबहादुर विकको मृत्यु भएको छ । जीपमा सवार चालकसहित १७ जना घाइते भएका छन् । साँझ ५ः४५ बजे भएको दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए ।

घाइतेमध्ये वसन्ती विश्वकर्मा र देवी विकको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रिफर गरिएको छ । अन्य १५ जना घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो ।

गल्याङ प्रहरी चौकीबाट पनि ट्राफिकसहित ७ जनाको टोली पुगेको छ । प्रहरीले अस्पतालमा पुगेर घाइतेको पहिचान र विस्तृत विवरण संकलन गरिरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अवस्थीले बताए ।नगर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा जीप चालक दीपक विक, बोमा खनाल, सगुन विक, टोलबहादुर विक र असिसा पचभैया छन् । यस्तै मेघनाथ खनाल, राधामाया राना, गंगा विश्वकर्मा, दुर्गा विक र यमकला खनालको पनि उपचार भइरहेको छ । घाइतेमध्ये स्नेहा परियार, सुप्रिया थापा, समिर विक, अरुणा गाहा र पार्वती विक भने उपचारपछि डिस्चार्ज भएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline