बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

by sambridhaonline

भदौ १० , पोखरा – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नुभएको हो । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भई सांसदहरूका लिखित प्रश्नको जवाफ दिनुपर्ने प्रावधान छ । यसअघि जेठ १७ गते प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाफ दिन भन्दै अचानक संसद् पुग्नुभएकोमा त्यसयता जवाफ दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ १ गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्नुभएको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टीका गरी ११ जना सांसदले प्रश्न सोध्दै छन् । सांसदहरूले मुख्य गरी यसअघि जेठ १७ गते संसद्मा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकाले यस विषय स्पष्ट पार्न, सरकारको तीन महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माणबारे र संसद्प्रति सरकारको जवाफदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन् ।

यसैबीच, प्रधानमन्त्री शाहले चिकित्सकको परामर्शअनुसार संसदमा कालो चस्मा लगाएर आउने पूर्वजानकारी संसद् सचिवालयलाई गराउनुभएको छ । वीरेन्द्र सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञले उज्यालोमा देख्न कठिनाइ हुने समस्याका कारण उहाँलाई सनग्लास र आई ड्रप प्रयोग गर्न सिफारिस गर्नुभएको थियो । संसदमा मर्यादा र पोसाकसम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्रीले चिकित्सकको सिफारिससहितको पत्र सचिवालयमा पठाउनुभएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline