बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News बाढीका कारण ७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर

बाढीका कारण ७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर

by sambridhaonline

भदाैँ १० , पाेखरा – रसुवामा आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ विद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थाका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण असर परेकामा सञ्चालनमै रहेका ३५४ मेगावाट क्षमताका ८ वटा आयोजना छन् । त्यस्तै ३९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजना प्रभावित बनेका छन् । यसरी बाढीबाट प्रभावित आयोजनाको कुल क्षमता ७४८ मेगावाट रहेको छ ।रसुवा जिल्लामा मात्रै सञ्चालनमा रहेका प्रमुख जलविद्युत् आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, रसुवा- भोटेकोशी १२० मेगावाट, माथिल्लो मेलुङ-ए ६.४२ मेगावाट, सान्जेन खोला ७८ मेगावाट, लाङटाङ खोला २० मेगावाट र चिलिमे २२ मेगावाट क्षमताका जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएका छन् ।

बाढीको प्रभाव रसुवासँगै छिमेकी नुवाकोटका जलविद्युत् आयोजनामा समेत परेको छ । नुवाकोटमा सञ्चालनमा रहेका प्रमुख आयोजनामा त्रिशूली जलविद्युत् आयोजना २४ मेगावाट, देवीघाट जलविद्युत् आयोजना १४.१ मेगावाट, माथिल्लो त्रिशूली-३ ए ६० मेगावाट, माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट, मिडल त्रिशुली गंगा १५.६ मेगावाट र २५ मेगावाटको सोलार आयोजना रहेका छन् । विवरणअनुसार नुवाकोटमा सञ्चालनमा रहेका ४ आयोजनाको कुल क्षमता १२३ मेगावाट छ ।

नुवाकोटमा माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट र मिडल त्रिशूली गंगा १५.६ मेगावाट आयोजना निर्माणाधीन अवस्थाका हुन् । यी दुई आयोजनाको कुल क्षमता ५२.६ मेगावाट रहेको छ । प्राधिकरणको यो विवरण प्रारम्भिक भएकाले बाढीबाट आयोजनाका बाँध, विद्युतगृह, पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा भएको वास्तविक क्षतिको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै यकिन हुनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline