बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News पोखरामा २ ठुला परियोजना बन्दै, टेण्डर आव्हान

पोखरामा २ ठुला परियोजना बन्दै, टेण्डर आव्हान

by sambridhaonline

भदाै २५ , पाेखरा – पर्यटनको राजधानी पोखरामा अघि सारिएका दुई महत्वपूर्ण परियोजना निर्माणको प्र्रक्रियामा गएका छन् । टेण्डर आव्हानसंगै फेवाताल अर्गानिक ट्रेल तथा पञ्चासे इको डेभलेपमेन्ट र अत्याधुनिक आपत्कालिन सञ्चालन केन्द्र बन्ने भएका हुन् । आजको पत्रपत्रिकामा टेन्डर आव्हान भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास यात्रामा अर्को खुसीको खबर भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएकाे छ । ‘हामीले अघि सारेका दुई महत्वपूर्ण परियोजनाको टेण्डर आह्वान भएको छ,’ उहाँले लेख्नुभएकाे छ ‘हरित पोखरा, सुरक्षित पोखरा र समृद्ध पोखरा निर्माणको यात्रामा आज दुई महत्वपूर्ण पाइला थपिएका छन् । एउटा परियोजनाले पोखराको प्रकृति र पर्यटनलाई नयाँ उचाइ दिनेछ, अर्कोले विपद्का बेला पोखरालाई अझ सुरक्षित र सक्षम बनाउनेछ ।’

फेवा ताल अर्गानिक ट्रेल तथा पञ्चासे इको डेभलपमेन्ट परियोजनामार्फत प्रकृति र जैविक विविधताको संरक्षण गर्दै पदमार्ग, दृश्यावलोकन स्थल, विश्रामस्थल, सुरक्षा संरचना तथा पर्यावरणमैत्री पर्यटकीय पूर्वाधार विकास हुनेछ । यो करिव ५२ करोडको लागतमा निर्माण हुने छ । यसैगरी पोखरा–२७ साबिक लेखनाथ नगरपालिका कार्यालय भएको परिषरमामा ३२ करोडको लागतमा अत्याधुनिक आपतकालिन सञ्चालन केन्द्र बन्ने भएको छ । यस केन्द्रले विपद्को समयमा सूचना, समन्वय, उद्धार तथा राहत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline