बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News गुल्मीमा नक्कली चुरोटसहित एक जना पक्राउ

गुल्मीमा नक्कली चुरोटसहित एक जना पक्राउ

by sambridhaonline

भदौ २५ , पोखरा – गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेट्क्सारबाट नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन् । नक्कली चुरोट बिक्री-वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको टोलीले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यान खानतलासी गरेको थियो ।खानतलासीका क्रममा खुकुरी चुरोटजस्तो देखिने नक्कली चुरोट १४० बट्टा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियारलाई नियन्त्रणमा लिएको छ । बरामद चुरोट, भ्यान र पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताउनुभयो ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline