बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News पर्वत विहादीका राजनीतिक, सामाजिक व्यक्तित्व हरि प्रसाद पराजुलीको निधन, नवौ पुण्य तिथिमा आधा दर्जन संघसंस्थाद्वारा शोक सभाको आयोजना

पर्वत विहादीका राजनीतिक, सामाजिक व्यक्तित्व हरि प्रसाद पराजुलीको निधन, नवौ पुण्य तिथिमा आधा दर्जन संघसंस्थाद्वारा शोक सभाको आयोजना

by sambridhaonline

साउन २५ , पाेखरा – विश्व हिन्दु महासंघ, पर्वत विहादी गाँउपालिकाको अध्यक्ष स्वर्गिय हरि प्रसाद पराजुलीको नवौ पुण्य तिथिमा विश्व हिन्दु महासंघ विहादी पालिकाद्वारा शनिवार एक शोक सभा आयोजना गरियो । स्वर्गिय पराजुली हिन्दु महासंघ विहादी गाँउपालिकाको अध्यक्षको साथै नेपाली कांग्रेस विहादी गाँउपालिका वडा नं. २ का पुर्व सभापति, विहादी गाँउपालिका मेलमिलाप समितका सदस्य एवम् साढे तीन दशक न्याए सेवामा रही सेवा निवृत्त एक निष्ठावान राजनीतिक, सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । स्वर्गिय पराजुलीको ३ छोरा र ८ जना छोरी गरी कुल ११ जना सन्तती हुनुहुन्छ ।

शोकसभामा वोल्दै महायोगी सिद्धवावा आध्याम्कि प्रतिष्ठान पर्वतका सल्लाहकार एवम् नेपाली कांग्रेस पर्वतको पुर्व पाटी सभापति नवराज गुरुङ्गले नेपालको इतिहासमा गणेशमानजी, कुसुनीजीको योगदान रहेजस्तै दक्षिण पर्वतको इतिहासमा उहाँको योगदान रहेको वताउनु भयो । आजीवन न्याए सेवामा रँहदा एक पैसा घुस नखाएको, राजनीतिमा कहिल्यै निष्ठा नगुमाएको कारण उहाँको निधनमा सवै शोकाकुल रहेको उहाँको भनाई थियो । कार्यक्रममा अध्यात्मिक अभियान्त, हिन्दु महासंघका सदस्य विश्व प्रकाश प्रसाई ‘रेशम रामदास’ ले सवै धर्मप्रति सम्मान गर्दै आफ्नो वैदिक सनातनी धर्मप्रति गौरव गर्नुपर्ने वताउनु भयो । वैदिक सनातन सवै धर्मको जननी भएको भन्दै धर्मको नाममा संस्था खोलेर राजनीतिक खिचातानी गर्नुभन्दा सवै विच भावनात्मक एकता कायम गरेर अगाडी वढनुपर्ने आजको आवश्यकता रहेको औल्याउनु भयो ।

स्वर्गिय व्यक्तित्ववारे आफ्नो धारणा राख्दै प्रसाईले स्वर्गिय पराजुली आफ्नो राजनीतिक तथा सामाजिक प्रेरणादायी मार्गदर्शन रहेको वताउनु भयो । शोकसभामा विश्वहिन्दु महासंघ पर्वतका अध्यक्ष वावुराम शर्माले आत्मा अमर हुने वताउदै मानव जीवनमा गरेको सत्कर्मले पुर्नजन्मको स्वरुप निर्धारण गर्ने वताउनु भयो । महासंघ पर्वतका सचिव वालकृष्ण शर्माले महासंघको तर्फवाट शोकपत्र वाचन गरेर परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो । शोकसभा विश्व हिन्दु महासंघ विहादीका कार्यवाहक अध्यक्ष एवम् महायोग सिद्धमहायोगी अध्यात्मिक प्रतिष्ठान पर्वतका अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षता एवम् सल्लाहर तिलक प्रसाद पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसै गरी नवौ पुण्य तिथिको अवसरमा नेपाली कांग्रेस विहादी तीनले पनि दिवंगत पराजुलीको नवौ पुण्य तिथिमा एक शोक सभाको आयोजना गरेको छ । नेपाली कांग्रेस वर्राचौरका वडा सभापति हरि प्रसाद शर्माको अध्यक्षता, सचिव मोती कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निवर्तमान पाटी सभापति खिम प्रसाद भुषालले प्रमुख आतिथ्यता गर्नुभएको थियो । शोकसभामा वोल्दै भुषालले स्वर्गिय पराजुली विहादी क्षेत्रको एक अनुकरणीय व्यक्तित्वको रुपमा रहेको वताउदै उहाँलाई यो समाजले कहिल्यै भुल्न नसक्ने वताउनु भयो । शोकसभामा नेपाली कांग्रेस पर्वतका उपसभापति शिव प्रसाद सुवेदी, डा. चुडामणी शर्मा, पर्वत ख का सभापति एवम् विहादी गाँउपालिकाका अध्यक्ष प्रविण गुरुपसभापति शिव प्रसाद सुवेदी,डा. चुडामणी शर्मा,पर्वत ख का सभापति एवम् विहादी गाँउपालिकाका अध्यक्ष प्रविण गुरुङ्ग लगायतले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसै गरी नवौ पुण्य तिथिको अवसरमा नेपाल पत्रकार महासंघ एवम् नेपाल प्रेस युनिएनले समेत संयुक्त रुपमा शोक अर्पण गरेको छ । स्वर्गिय पराजुलीको सुपुत्र वैकुण्ठ पराजुली नेपाल पत्रकार महासंघको केन्द्रिय सचिव रहनु भएको छ । नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारले सञ्चालन गर्नु भएको संक्षिप्त शोक कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, गण्डकी प्रदेशका सभापति रमेश पौडेल, नेपाल प्रेस युनिएनका केन्द्रिय महासचिव दिलिप पौडेलले संक्षिप्त शोक मन्तव्य सहित छुट्टाछुट्टै शोकपत्र वाचन गरी परिवारलाई हस्तान्तरण गर्नु भएको थियो । स्वर्गिय पराजुलीको नवौं पुण्य तिथिमा विहादी मेलमिलाप केन्द्रले पनि शोक अर्पण गरेको छ । यसै विच कुश्मा नगरप्रमुख रामचन्द्र जोशी, महासमिति सदस्य वसन्त सि.के. पुर्व उपप्रमुख सिता लामिछाने काफ्ले लगायतले पनि स्वर्गिय पराजुलीको तस्विरमा माल्यार्पण गर्नु भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline