बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News दोलखाको यालुङ री हिमालमा हराएका ५ जनाको शव ९ महिनापछि फेला

दोलखाको यालुङ री हिमालमा हराएका ५ जनाको शव ९ महिनापछि फेला

by sambridhaonline

साउन २५ , पाेखरा – दोलखाको यालुङ री हिमालमा हिमपहिरोमा परेर हराएका ५ जना आरोही तथा गाइडको शव झन्डै ९ महिनापछि फेला परेर सङ्कलन भएको छ । गएको कात्तिकमा ६ हजार ३३२ मिटर अग्लो डोल्मा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ री पुगेका उनीहरू हिमपहिरोमा परेर बेपत्ता भएका थिए ।

हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टरमार्फत उद्धार गरी २ वटालाई काठमाण्डौ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजकुमार लामाले जानकारी दिनुभयो । फेला परेका शवमा २ जना नेपाली गाइडसहित जर्मन, इटाली तथा क्यानडाका १–१ जना रहेका छन् । डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ ।

मौसम प्रतिकूल भए पनि आज बिहान केहीबेर मौसम अनुकूल भएको मौकामा शव तल झारिएको हो । पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्णरूपमा शव सङ्कलन गरिएको प्रहरीले जनाएको छ । हिमपहिरोमा ७ जना परेकामा घटनालगत्तै इटाली र फ्रान्सका २ जनाको शव भेटिए पनि बाँकी बेपत्ता थिए । अब काठमाण्डौबाट प्रशासनिक प्रक्रिया पूरा गरेर शव परिवारलाई हस्तान्तरण गरिनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline