बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News तीन दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

तीन दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

by sambridhaonline

भदौ ५ , पोखरा – देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने महाशाखाको अनुमान छ ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यस्तै, भोलि दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा तथा राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाको अनुमान छ ।

पर्सि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा नदी, खोला र जोखिमयुक्त भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline