शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
Home Featured News आज कुशे औशी : बुवाको मुख हेर्ने दिन

आज कुशे औशी : बुवाको मुख हेर्ने दिन

by sambridhaonline

भदौ २६ , पोखरा – आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। सनातन हिन्दू परम्पराअनुसार आजको दिनलाई ‘बुवाको मुख हेर्ने पर्व’ अर्थात् पितृ औँसीका रूपमा श्रद्धा र आदरपूर्वक मनाइँदैछ। यस विशेष दिनमा छोराछोरीहरूले आफ्ना जीवित बुवालाई मनपर्ने मीठा-मीठा परिकार, फलफूल र मिठाई खुवाउनुका साथै नयाँ वस्त्र उपहार दिएर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्राचीन परम्परा छ।

बुवाबाट आशीर्वाद प्राप्त गरेमा सुख र शान्ति मिल्ने जनविश्वासका कारण, कामको सिलसिलामा घरबाट टाढा रहेका सन्तानहरू पनि आजको दिन समय निकालेर बुवाको मुख हेर्न पुग्ने गर्छन्। तर, बुवा नहुने (दिवंगत भइसकेका) हरू भने आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्ने गर्छन्। यसै अवसरमा आज तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका र बराहक्षेत्रलगायतका तीर्थस्थलमा पुगेर स्नान गरी पितृको उद्धारको कामना गर्नेहरूको पनि उत्तिकै भीड हुनेगर्छ।गोकर्णेश्वरमा पनि श्रद्धालुहरूले आफ्ना दिवंगत बुवालाई सम्झिँदै स्नान, श्राद्ध र तर्पण गरिरहेका छन् ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline