पोखरा ,भदौ १४ / इन्टिग्रेटेड ग्लोवल युनिभर्सिटी नयाँडिल्लीवाट सामाजिक अभियान्त विश्व प्रकश प्रसाई ठकुरीलाई मानर्थ डक्टरेटको उपाधि प्रदान गरिएको छ । पोखरा स्थित होटल ग्राण्डमा विहिवार आयोजित एक भव्य समारोहका विच प्रसाईलाई उक्त उपाधी प्रदान गरिएको हो । कार्यक्रम इन्टिग्रेटेड ग्लोवल युनिभर्सिटीको आयोजना, दिनदयाल उपाध्याय फाउण्डेशनको सहयोग तथा इण्डोनेपाल रिलेशनसीप एण्ड पिस फाउण्डेशनको संयोजनमा पोखरामा आयोजना गरिएको हो ।
प्रसाईले वितेका दिन दशकमा समाजका विपन्न तथा वन्चितीमा परेका वर्गको एकिकृत विकासमा पु¥याउनु भएको योगदानको मुल्यांकन गर्दै सो उपाधी प्रदान गरिएको हो । आयोजकवाट उपाधीको औचित्यता माथि प्रकाश पार्दै प्रसाईले अध्यात्म, विज्ञान र राजनीतिको संयोजनवाट सामाजिक समृद्धी ल्याउन योगदान गर्दै आउनु भएको वताईएको छ ।
प्रसाईले विगत ३० वर्ष देखि राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल लगायतका संस्थामा आवद्ध रही हालसम्म ६ हजार ७ सय भन्दा वढि रोजगारी तथा लाखौं विपन्न परिवारमा स्वःरोजगारी सृजना गर्नु भएको छ । डक्टर प्रसाईले त्रिभुवन विश्व विद्यालयवाट कानूनमा स्नातक तथा समाजशास्त्रमा स्नाकोत्तर उपाधी प्राप्त गर्नु भएको छ ।
उहाँ नेपाली कांग्रेसको युवा नेता समेत हुनुहुन्छ । समारोहमा प्रसाईसंगै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजि दुर्गा सिंह, पोखरा युनिभर्सिटीका डिन डा. अमर नागिला लगायत १७ जनालाई उहाँले विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप मानर्थ डक्टरेटको सम्मान प्रदान गरिएको छ । डिआईजी सिंह विगत २९ वर्ष पहिले प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा देशमा शान्ति सुरक्षा कायम गर्न योगदान पु¥याउदै आउनु भएको छ ।
यसै विच समारोहमा समाजको विभिन्न क्षेत्रमा अतृुलनीय योगदान गरी शान्ति प्रवद्र्धनमा भुमिका खेले वापत विभिन्न क्षेत्रका २९ जना व्यक्तित्वलाई “द इन्टरनेशनल हिमालयन पिस अवार्ड–२०२४ वाट सम्मानित गरिएको छ । उक्त सम्मान दिनदयाल उपाध्याय फाउण्डेशनको आयोजना, इन्टिग्रेटेड ग्लोवल युनिभर्सिटीको सहयोग तथा इन्डोनेपाल रिलेशनसीप एण्ड पिस फाउण्डेशनको संयोजनमा प्रदान गरिएको हो । लघुवित्त सेवाको माध्यमवाट महिला सशक्तिकरणको साथै विपन्न तथा वन्चितीमा परेको वर्गको जीविकोपार्जनमा सुधार गर्न विशेष योगदान गरे वापत सावित्री खत्री क्षेत्री लामिछानेलाई उक्त सम्मान गरिएको छ । लामिछाने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष हुनुहुन्छ ।
यसै गरी रोट्याक्ट अभियानमा संलग्न भई सामाजिक सेवामा युवाहरुको संलग्नता वृद्धि तथा व्यवसायिक क्षमता अभिवृद्धिमा योगदान गरे वापत सुस्मा प्रसाईलाई पिस अवार्ड–२०२४ प्रदान गरिएको छ । प्रसाई रोट्याक्ट क्लव अफ पर्वत पोखराको पुर्व अध्यक्ष एवम् रोट्याक्ट जोन–१७ का पुर्व जेडआरआर हुनुहुन्छ । सम्पूर्ण डक्टरेट तथा सम्मानित व्यक्तित्वहरुलाई इन्टिग्रेटेड ग्लोवल युनिभर्सिटीका अध्यक्ष टपन काकुटी तथा प्रमुख अतिथि मानसपुत्र सन्जय झाले मेडल तथा उपाधीको प्रमाणपत्र र सम्मानपत्र प्रदान गर्नु भयो ।
समारोह ग्लोवल युनिभर्सिटीका अध्यक्ष टपन काकुटीको अध्यक्षता, ग्लोवल नेटवर्क अफ सिभिल सोसाईटीका प्रमुख सचेतक सन्जय झाको प्रमुख आतिथ्यता, इन्डो नेपाल रिलेसन एण्ड पिस फाउण्डेशनका महासचिव यवराज आचार्यको स्वागत एवम् इशा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।