बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home समाचार बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

by sambridhaonline

७ असार, काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

५ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गरेको अपरेटिङ बेसका प्रावधानहरु खारेज गरी पहिलेकै व्यवस्था अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले विना अवरोध सेवा यथावन सञ्चालन गर्न पाउने पर्ने माघ संघको छ ।

नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल हुनुपर्ने माग संघको छ । युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशका सम्पूर्ण पर्यटन क्षेत्र नै तहन नहस भएको संघको भनाइ छ ।

त्रिभुवन विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग भइहेका स्थान तथा संरचनाहरुलाई यथावत राखी प्रयोगका लागि निरन्तरता प्रदान गर्न संघले माग गरेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline