शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News भीमफेदी अपडेट : घाइते भएका मध्ये ३ जनाको मृत्यु

भीमफेदी अपडेट : घाइते भएका मध्ये ३ जनाको मृत्यु

by sambridhaonline

मंसिर ३, पोखरा – मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको छ । हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा २ महिला र १ पुरूष रहेका छन् । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरूको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताउनुभयो ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजेको समयमा त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताए । यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline