बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home समाचार सरकार भन्छ : पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर छ

सरकार भन्छ : पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर छ

by sambridhaonline

७ असार, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर रहेको जवाफ दिएको छ ।

प्रतिनिधिसभामा सांसदहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धिबारे सोधेका प्रश्नहरुको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्तो बताएका हुन् ।

‘मुल्य वृद्धि हाम्रो काबुभन्दा बाहिरको अवस्थामा छ’ उनले थपे, ‘रुस–युक्रेनको युद्ध भयो । यसले पछिल्लो समय मुल्य निरन्तर बढेर आइरहेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको र नेपालमा बढाउनुपरेको बाध्यता रहेको उल्लेख गर्दै उनले भने, ‘मुल्य बढेर आउँदा हामीले आफ्नो लागि के गर्न सक्छौं ? भन्ने विषयमा सरकार सोच्दछ । तर, अहिले बढेर आउँदा बढाउनु बाध्यात्मक अवस्था हो ।’

दिर्घकालीन विकल्पमा जानुपर्ने ठानेरै सरकारले यसका लागि अध्ययन गरिरहेको उनले बताए । नीजि क्षेत्रलाई समेटेर जान सकिने विकल्पमा पनि अध्ययन भइरहेको उनले बताए ।

विद्युतको प्रयोग बढाउने र पेट्रोलियम पदार्थको प्रयोग घटाउने तिर पनि सरकारले ध्यान दिएको उनको भनाइ छ । यसकै लागि सरकारी निकायको पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाउने नीति लिइएको मन्त्री बडुले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline