बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home समाचार पोखरामा बाटोसँगै घर भासियो

पोखरामा बाटोसँगै घर भासियो

by sambridhaonline

१२ असार, पोखरा । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढारजस्तो भएको छ ।’

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline