पौष १७, पोखरा – ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस प्रदेश क क्षेत्रीय कार्य समितिको आयोजनामा वि.पी. स्मृती भवन कुश्मामा जेष्ठ नागरीक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुश्मा नगरपालिका, वडा ं.४ मा रहनु भएका ७० जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ भने पेशागत क्षेत्रवाट कुनपा–४ निवासी इन्जिनियर मन्जु सिल्पकारलाई नेपाल इन्जिनियरीङ्ग एशोसिएसन, गण्डकी प्रदेशको सहसचिव पदमा निर्वाचित हुनु भएकोमा पाटीको तर्फवाट सम्मान गरिएको छ । सम्मानित सवैलाई कार्यक्रमका अध्यक्ष एवम् प्रमुख अतिथिले सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द वहादुर शाहले मेलमिलाप दिवसकै अवसरमा जेष्ठ नागरीक सम्मान गर्नु सह्रानीय भएको वताउनु भयो । उहाँले वि.पी. को मेलमिलाप नीतिको कुरा गर्ने तर व्यवहारमा लागु नगर्नेहरुको अव राजनीतिक भविस्य नरहेको वताउनु भयो । वि.पी. विश्वले स्वीकार गरेको राजनेता भएको वताउदै अहिले कांग्रेस मात्र होईन, नेपाल राष्ट्र र सवै दल उहाँको नीतिको निकट रहेको उहाँको दावी गर्नु भएको छ । शाहाले कांग्रेसको सय दिने अभियान आँफूले अपेक्षा गरे अनुसार प्रभावकारी हुन नसकेको भन्दै पाटीले तोकेको समय सिमा भित्र सवैले आफ्नो जिम्मेवारी पुरा गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ्गले कार्यक्रमको आयोजना गरेको क्षेत्रीय समितिलाई धन्यवाद दिंदै पाटीका सवै नेता कार्यकर्तालाई समान महत्व दिएर अगाडी वढन सकेमा मेलमिलाप दिवसको अर्थ रहने वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रामकृष्ण मल्लले पर्वत कांग्रेसमा मिलमिलापको जति कुरा गरे पनि व्यवहारिक रुपमा भावनात्मक एकता कायम हुन नसकेको स्पष्ट पानु भयो ।
कार्यक्रममा पाटीका उपसभापतिद्वय डा.चुडामणी शर्मा, शिव प्रसाद सुवेदी, महासमिति सदस्य वसन्त सि.के., नेपाली कांग्रेस पर्वतका युवा नेता, निवर्तमान पाटी सचिव डा. विश्व प्रकाश प्रसाई, जलजला गाँउपालिका अध्यक्ष राजु प्रसाद आचार्य, महाधिवेशन प्रतिनिधी शिव अधिकारी, कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, मोदी–७ का सभापति नारायण प्रसाद गौतम लगायतले वि.पी. को मेलमिलाप नीति र वर्तमान सन्दर्भको वारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो ।
नेपाली कांग्रेस पर्वत क का क्षेत्रीय समितिद्वारा आयोजित जेष्ठ नागरीक सम्मान तथा अन्तरक्रिया कार्यक्रम क्षेत्रीय सभापति राजकुमार क्षेत्रीको अध्यक्षता, कोषाध्यक्ष चित्रकला भारतीको स्वागत एवम् सचिव केशव प्रसाद उपाध्याय र वलवहादुर पुनको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी इश्वरी प्रसाद शर्माद्वारा सम्पादित समाचारमा जनाइएको छ ।
