बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News ४९औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विश्व प्रसाई वि.पी. फाउण्डेनश नेपालद्वारा पर्वतमा विचार गोष्ठीको सम्पन्न

४९औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विश्व प्रसाई वि.पी. फाउण्डेनश नेपालद्वारा पर्वतमा विचार गोष्ठीको सम्पन्न

कांग्रेसमा भावनात्मक एकताको जरुरी भएको वक्ताहरुको भनाई

by sambridhaonline

पौष १७,पोखरा – ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, २०८१ को अवसर पारेर विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालले पर्वत सदरमुकाम कुश्मामा “आन्तरिक पाटि भावनात्मक एकताः आजको आवश्यकता” विषयक विचार गोष्ठी आयोजना गरेको छ ।

कार्यक्रमका अतिथिहरुलाई स्वागत एवम् गोष्ठीको उद्देश्य माथी प्रकाश पार्दै वि.पी. फाउण्डेशन नेपालका अध्यक्ष डा.विश्व प्रकाश प्रसाईले आँफू माथि मृत्यूदण्ड हुने सक्ने एक दर्जन मुद्दाको प्रवाह नगरी राष्ट्र र राष्ट्रियताको रक्षार्थ महामानव विश्वश्वर प्रसाद कोईराला मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गतेका दिन निर्वासित जीवन त्याग्दै स्वदेशः फर्कनु भएको वताउनु भयो । उहाँले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि महामानव वि.पी. को त्याग र योगदान अतुलनीय रहेको भन्दै यस्ता व्यक्तित्वको अनुयायीहरु आफ्नो पाटी र जनताको हितको लागि किन भावनात्मक रुपमा एक हुन सकेका छैनौ भनि प्रश्न गर्नुभयो । उहाँले नेपाली कांग्रेस विना देशमा लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न सक्ने भन्दै सगम्र राष्ट्रिय राजनीतिको रक्षाको लागि कांग्रेस भित्र भावनात्मक एकता र राष्ट्रलाई सुधार सहितको कांग्रेसको नेतृत्व जरुरी भएको वताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व सञ्चार राज्य मन्त्री गोविन्द वहादुर शाहले महामानव वि.पी. सँधै मेलमिलापको पक्षमा भएको वताउनु भयो । २००७ सालको क्रान्ति देखि हरेक सन्दर्भमा राष्ट्रियताको रक्षा, लोकतन्त्र प्राप्ती र सवलीकरणको लागि वि.पी. को मेलमिलापको नीति अपरिहार्य रहेको उहाँको भनाई थियो । यहि नीति अनुरुप अन्य राजनीतिक शक्तिहरुसंग सहकार्य, समिकरण र गठवन्धन गर्दै नेपाली कांग्रेस अगाडी वढेको उहाँको भनाई थियो । प्रमुख अतिथि शाहले नेपालको इतिहासलाई नियाल्ने हो भने नेपाली कांग्रेसलाई सिद्धाउन खोज्ने जुनसुकै शक्तिको स्वतः अन्त्य भएको भन्दै उदाहरणको रुपमा राणा, राजा हुँदै विद्यमानमा विभिन्न दलको हविगतले स्पष्ट हुने वताउनु भयो । महामानव वि.पी. को क्षमता र राजनीतिक कौशलताको वारेमा दिनभर व्याख्या गरेपनि नसकिने भन्दै उहाँको नीतिमा केन्द्रित रहेर नेपालको राजनीति अगाडी वढेको उहाँको भनाई थियो ।

विचार गोष्ठीमा विशिष्ट अतिथिको आसनवाट वोल्दै गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ्गले फाउण्डेशनवाट अति रचनात्मक कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिंदै आजको दिनदेखि सवै कांग्रेसजन सच्चिनुको विकल्प नरहेको वताउनु भयो । नेताको सही कदमलाई सही र गलत कदमलाई गलत भन्न नसेकेसम्म पाटी सुद्धृद हुन नसक्ने उहाँले भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापतिद्वय डा. चुडामणी शर्मा, शिव प्रसाद सुवेदी, सचिव गुप्तनिधी शर्मा, सहसचिव तिलक भुषाल र कोषाध्यक्ष हेम शर्मा पौडेलले पाटीका गतिविधीको वचाउ गर्दै वर्तमान जिल्ला नेतृत्वले सवै नेता तथा कार्यकर्तालाई समान व्यवहार गर्दै आपासी एकता कायम गर्न पहल गरेको दावी गर्नु भयो ।

नेपाली कांग्रेसका जिल्ला सदस्य सावित्री खत्री क्षेत्री, ओम प्रसाद शर्मा घायल, गणेश वहादुर क्षेत्री, कुश्मा नगर सभापति किशोर भण्डारीले आन्तरिक मेलमिलाप र भावनात्मक एकता कुरामा नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिनु भयो ।

विचार गोष्ठीमा भाग लिंदै नेकपा एमाले कुश्मा नगर सदस्य प्रेम प्रसाद शर्माले वि.पी. कांग्रेसको मात्र नेता नभई नेपाली राजनीतिको साझा नेता र उहाँको नीति सवैको साझा नीतिको रुपमा रहेको वताउनु भयो । आध्यामित्क व्यक्तित्व पृथ्वी शर्माले कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादको अलवा धार्मिक स्वतन्त्रताको मुद्दा संगसंगै लैजानुपर्ने सुझाव दिनु भयो ।

नेपाल कर्मचारी युनिएनका केन्द्रिय सदस्य याम प्रसाद शर्मा, लोकतान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष शिव शर्मा पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष संगिता के.सी., नेपाल प्रेस युनिएनका अध्यक्ष उत्तम प्रसाद अधिकारी, सदस्य इश्वरी प्रसाद शर्माले कांग्रेसको भविस्यसंग हरेक पेशागत संघसंस्थाको भविस्य जोडिएको हुँदा पाटीमा भावनात्मक एकताको खाँचो रहेकोमा जोड दिनु भयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline