शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
Home Featured News पोखरामा बहुमुल्य ढुङ्गा दिन्छु भनी १३ लाख ठगी गर्ने ३ जना पक्राउ

पोखरामा बहुमुल्य ढुङ्गा दिन्छु भनी १३ लाख ठगी गर्ने ३ जना पक्राउ

by sambridhaonline

माघ २६,पोखरा – बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका– ५ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका –१७ छोरेपाटन बस्ने वर्ष ३१ की ईन्दिरा बि.क., सोही ठाउँ बस्ने वर्ष ३६ कोराजन बि.क.र खोटाङ हलेसी नगरपालिका –१ बस्ने वर्ष २७ की जुनु भन्ने लक्ष्मी राई रहेका छन् ।

अन्दाजी रु. ५ करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक–पटक गरी रु.१३ लाख ५० हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुलाई बिहीबार करिब दिउँसो साढे ४ बजे पोखरा महानगरपालिका– ६ लेकसाइडबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको घर कोठा समेत खानतलासी लिँदा ईन्दिरा बि.क. र राजन बि.क.को कोठाबाटसेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान, विभिन्न बैकका रु.३१ लाख बराबरका ४ थान चेकर मोवाईल थान ४ समेत बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline