शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
Home Featured News सरकारी छाप किर्ते मुद्दामा फरार पर्वतका एक प्रतिवादी १३ वर्षपछि पक्राउ

सरकारी छाप किर्ते मुद्दामा फरार पर्वतका एक प्रतिवादी १३ वर्षपछि पक्राउ

by sambridhaonline

माघ २७,पोखरा- सरकारी छाप दस्तखत किर्ते मुद्दाका पर्वतका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक निरबहादुर बानियाँका अनुसार पर्वतको मोदी गाउँपालिका–६ घर भएका यान बहादुर लामिछानेलाई पक्राउ गरिएको हो । उनलाई पर्वत जिल्ला अदालतले २०६९ साल कात्तिक २३ गते ११ महिना १७ दिन कैद फैसला सुनाएको थियो ।

पर्वत जिल्ला अदालत तथा अन्य अदालतहरूको विभिन्न मितिको फैसला बमोजिम कैद तथा जरिवाना ठेकिएका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गर्ने अभियान अन्तर्गत उनी फेला परेका हुन् । हालसम्म फरार रहेका लामिछाने गत माघ २३ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका–१५ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक बानियाले बताए ।

अदालतको फैसला कार्यान्वयनको लागी मिति उनलाई माघ २४ मा नै पर्वत जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेश बमोजिम कारागार चलान गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline