शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
Home Featured News एलन मस्क ‘टिकटक’ किन्न अनिच्छुक

एलन मस्क ‘टिकटक’ किन्न अनिच्छुक

by sambridhaonline

माघ २७,पोखरा- संसारकै धनी व्यक्ति एलन मस्कले ‘टिकटक’ किन्न आफ्नो रुचि नभएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले टिकटक बन्द गर्ने तयारी गरिरहँदा एलन मस्क वा ‘माइक्रोसफ्ट’ ले टिकटकको अमेरिकी स्वामित्व किन्न सक्ने हल्लाहरू फैलिएका छन् ।

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै मस्कले टिकटक किन्न सक्ने बताउनुभएको थियो । तर एक भिडियो सन्देशमा मस्कले आफूले टिकटक किन्ने कुनै योजना नबनाएको र रुचि पनि नभएको बताउनुभएको रोयटर्सले जनाएको छ ।

सामाजिक सञ्जालका रूपमा आफूसँग भएको ‘एक्स’ कम्पनीले अहिले पनि उत्तिकै चर्चा बटुलिरहेकाले अर्को सामाजिक सञ्जाल किन्न जरुरी नभएको पनि मस्कले बताउनुभएको छ । स्थापित कम्पनी नकिन्ने बरु नयाँ कम्पनी नै स्थापना गरेर त्यसलाई सफलतामा पुर्‍याउने आफ्नो बानी रहेको उहाँको भनाइ छ ।

निवर्तनमान अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको अमेरिकी स्वामित्व बेच्न वा सेवा बन्द गर्न गएको जनवरी १९ सम्मको समय दिनुभएको थियो । टिकटकले स्वामित्व नबेचेपछि अदालतले पनि टिकटक बन्द गर्ने फैसला गरेको थियो । तर डोनाल्ड ट्रम्पले शपथ लिएकै दिन टिकटकलाई विकल्प खोज्न एक महिनाको समय दिएर पुनः खुला गरिदिनुभएको छ ।

‘एप्पल’ र ‘गुगल’ ले अमेरिकी कानून लागू भएपछि टिकटकलाई आफ्नो ‘एप स्टोर’ मा पुनर्स्थापित गरेका छैनन् । अमेरिकामा टिकटकका झन्डै १७ करोड जना प्रयोगकर्ता छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline