बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News गण्डकी प्रदेशमा स्याङ्जाका तीन गाउँपालिका उत्कृष्ट

गण्डकी प्रदेशमा स्याङ्जाका तीन गाउँपालिका उत्कृष्ट

कालीगण्डकी गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका द्धितिय र फेदीखोला गाउँपालिका तृतीय

by sambridhaonline

फाल्गुन ०१,पोखरा – कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट स्याङ्जाका तीन गाउँपालिका प्रथम, द्धितिय र तृतिय भएका हुन् ।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन कार्य विधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरिएको थियो । स्याङ्जामा एघारवटा स्थानीय तह रहेकामा कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंकसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदीखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो । त्यस्तै, आँधीखोला गाउँपालिका युवा नेता विश्व पौडेलले नेतृत्व गरेका छन् । तीनै पालिकाका अध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् ।

पाँच नगरपालिका र छ गाउँपालिका रहेकामा यहाँका नगरपालिकाहरुको कार्यसम्पादन कमजोर देखिएको छ । नगरपालिकामध्ये वालिङले ७३.७, भीरकोटले ६५.७, पुतलीबजारले ७१.७ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ ।

यसैगरी, गाउँपालिकातर्फ बिरुवाले ७४.३, हरिनासले ५४.२ र अर्जुनचौपारीले ६४.९ अंक प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका सात सय ५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline