बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News त्रिशुलीमा बिहान खसेको मोटरसाइकलका चालक अझै भेटिएनन

त्रिशुलीमा बिहान खसेको मोटरसाइकलका चालक अझै भेटिएनन

by sambridhaonline

फाल्गुन ०२,पोखरा – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर (दुईकिलो) भन्ने ठाउँबाट एउटा मोटरसाइकल त्रिशूली नदीमा खसेको छ।

बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका–५ मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचपयत्र भेटिएको छ ।

उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।

बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आज रात परेपछि अब भोलि पुन खोजिने भएको छ

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline