बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कास्की प्रहरीद्वारा लागूऔषधसहित ३ पक्राउ

कास्की प्रहरीद्वारा लागूऔषधसहित ३ पक्राउ

by sambridhaonline

फाल्गुन ०९,पोखरा – ठूलो परिमाणको लागुऔषधसहित कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । एउटा बोलेरो जीप पनि बरामद गरेको छ । पक्राउ पर्नेमा जीपचालक पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ का ३७ वर्षीय राजेश सैथवार, सोही जिपमा सवार पश्चिम नवलपरासीकै रामग्राम नगरपालिका– १२ बस्ने २८ वर्षका संसद अन्सारी र सरावल गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रेमसागर यादव रहेका छन् ।

कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार फागुन ८ गते पोखरा महानगरपालिका–१४ खाल्टे मसिनामा लु २ च १५०९ नं. को बोलेरो जिपमा लागू औषध ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले मंगलम कृषी फर्मको कम्पाउण्डभित्र पार्किङ गर्दै गरेको अवस्थामा उक्त जिप फेला पारेको थियो जीप चेकजाँच गर्दा लुकाई छिपाई राखेको डाईजेपाम २६४ एम्पुल, बुर्फिननुर्फिन २६३ एम्पुल र फेनारगन २६५ एम्पुल गरी ७९२ एम्पुल लागूऔषध भेटिएको थियो । साथै ५ थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline