बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अब तीन दिन छिटपुटबाहेक वर्षा नहुने : यसवर्षको हिउँद पनि सुक्खा

अब तीन दिन छिटपुटबाहेक वर्षा नहुने : यसवर्षको हिउँद पनि सुक्खा

by sambridhaonline

फाल्गुन १०,पोखरा – हिजोअस्तिको तुलनामा आजदेखि मौसममा केही सुधार भएको छ । तर नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मौसमविद्का अनुसार अबका तीन दिन पर्सि सोमवारसम्म कतै–कतै छिटपुटबाहेक ठूलो पानी पर्ने सम्भावना छैन ।

आज कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा नै रहनेछ ।

काठमाण्डौमा आज मौसम बदली छ तर पानी पर्ने सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

त्यस्तै भोलि आइतवार, पर्सि सोमवार अनि मङ्गलवार कोशी, बागमती, गण्डकी र कर्णालीका थोरै तथा सुदूरपश्चिमको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै बुधवार र बिहीवार कोशी र बागमतीको एक÷दुई ठाउँ, गण्डकीको थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमको केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको कृषि मौसम सल्लाह बुलेटिनमा उल्लेख छ ।

नार्कले हरेक हप्ता शुक्रवार कृषि मौसम सल्लाह बुलेटिन सार्वजनिक गर्दै आएको छ । बुलेटिनअनुसार यसवर्ष हिउँद अवधिको अहिलेसम्म २० वटा वर्षामापन केन्द्रको औसत हेर्दा सरदरभन्दा कम वर्षा मापन भएको छ ।

यो हप्ता देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ । पर्याप्त वर्षा र हिमपात नहुँदा यसवर्षको हिउँद खडेरीमै बित्ने जोखिम छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अबको हप्तादिनमा वर्षा र हिमपात भइहाले पनि औसत मापन भेट्न सक्ने अवस्था छैन ।

नेपालको मौसमी पात्रो अनुसार मङ्सिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो वर्षको हिउँद सकिन अब ६ दिन मात्रै बाँकी छ ।

जलवायुका विज्ञ डा.धर्मराज उप्रेतीका अनुसार सामान्यतया २५ प्रतिशत भन्दा कम पानी पर्नुलाई चरम सुक्खा भनिन्छ । तर यसवर्ष अहिलेसम्म १० दशमलव ६ प्रतिशत मात्रै हिउँदे वर्षा भएको छ ।

हिउँद सुक्खा हुँदा डढेलोका घटना बढ्दै गएका छन् । कृषि उपज र बाली उत्पादनमा किसानले ठूलो समस्या भोग्नुपरेको छ । त्यस्तै प्रदूषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ ।

जलवायु परिवर्तनको असरले गर्दा केही वर्षदेखि हिउँदयाम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको जलवायुका विज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline