बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो

by sambridhaonline

फाल्गुन १७,पोखरा – भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको थियो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन् ।

हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । फसेका मानिसहरुलाई निकाल्न छ वटा हेलीकप्टर प्रयोग भएका छन् । एक जनाको खोजी भइरहेको भारतीय सेनाले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline