शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News बन्चरो प्रहारबाट तनहुँमा महिलाको हत्या

बन्चरो प्रहारबाट तनहुँमा महिलाको हत्या

by sambridhaonline

फाल्गुन २२,पोखरा – बन्चरो प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

उनले व्यास–९ कुमालगाउँका ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या गरेको तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए । बुधबार बिहान साढे ७ बजेतिर विष्णुमाया आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

शिव शंकरले बन्चरो प्रहार गरेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline