मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

by sambridhaonline

फाल्गुन २४,पोखरा – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले आज वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यालेन्डरअनुसार नेपालको सिनियर पुरुष टोलीले आईसी विश्वकप क्रिकेट लिग–२, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ ।

यो वर्ष नेपाली सिनियर पुरुष टोलीले आउँदो सेप्टेम्बरमा यूएईमा टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि खेल्नेछ । यो शृङ्खलापछि टोलीले ओमानमा आईसीसी टी–२० विश्वकप छनोट खेल्नेछ ।

यस्तै सिनियर महिला टोलीले मे ७ देखि २१ सम्म थाइल्यान्डमा आईसीसी टी–२० विश्वकप एशिया छनोट र जुनमा इमर्जिङ टिम्स एशिया कप खेल्ने तालिका छ ।

यस्तै १९ वर्षमुनिको पुरुष टोलीले अप्रिल १२ देखि २८ सम्म आईसीसी क्रिकेट विश्वकप एशिया छनोट, एसीसी प्रिमियर कप, एसीसी एशिया कप खेल्ने तालिका छ । यस्तै १९ वर्षमुनिको महिला टोलीले जुलाईमा मलेसिया भ्रमण गर्नेछ ।

यस्तै क्यालेन्डरमा १६ वर्षमुनिको टोलीले खेल्ने प्रतियोगिता पनि समावेश छ । यस्तै घरेलु क्रिकेटमा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ । यसअघि अगस्टमा एनपीएलको मिनी अक्शन हुने तालिकामा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline