शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News पहाडी क्षेत्रमा वर्षाको सम्भावना, पानी परे पनि वायु प्रदूषण घटेन

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, पानी परे पनि वायु प्रदूषण घटेन

by sambridhaonline

फाल्गुन २९,पोखरा – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकोले अहिले देशभरको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ ।

हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । आज पनि बेलुकातिर काठमाण्डौ उपत्यका लगायत आसपासका क्षेत्रमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

यसैबीच, काठमाण्डौलगायत नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि बढेको वायु प्रदूषण पानी पर्दा समेत घटेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाण्डौमा मौसम धुम्मिएको छ ।

हिजो पानी परे पनि आकाश खुल्न सकेको छैन । वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअर इन्डेक्समा आज पनि काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये तेस्रोमा परेको छ ।

काठमाण्डौमा बिहान नाै बजे एक्यूआई सूचकांक एक सय ८२ रहेको छ । पहिलोमा भारतकाे नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको सूचकांक दुई सय चार छ । त्यस्तै दोस्रोमा पाकिस्तानको लाहोर रहेको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।

वातावरण विभागका अधिकारीहरूका अनुसार ठूलो वर्षा नभइ वा ठूलो हुरी नचलेसम्म वायु प्रदुषण कम हुने देखिएको छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline