बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News चीनमा क्यानडाका ४ जना नागरिकलाई मृत्युदण्ड

चीनमा क्यानडाका ४ जना नागरिकलाई मृत्युदण्ड

by sambridhaonline

चैत्र ०७,पोखरा – चीनले क्यानडाका चार जना नागरिकलाई मृत्युदण्ड दिएको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूसँग कुरा गर्दै मृत्युदण्ड दिएका चारै जनासँग दुई देशको नागरिकता रहेको र उनीहरूका परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

जोलीले यो सजाय मौलिक मानवीय गरिमा विपरीत रहेको पनि बताउनुभएको छ । यस्तै क्यानडामा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने मृत्युदण्ड सजाय सुनाइएका क्यानडाका नागरिकविरुद्ध अपराधको मजबुद प्रमाण रहेकाले गैरजिम्मेवार टिप्पणी बन्द गर्न क्यानडासँग अनुरोध गर्नुभएको छ ।

बीबीसीका अनुसार उनीहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको हो । चीनमा लागूऔषध र भ्रष्टाचार मुद्दामा मृत्युदण्ड दिने दर उच्च छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline